प्रकाश पाठक

Sunday: 3:00 p.m., 5:00 p.m.

प्रकाश पाठक

सहायक पास्टर  (Pastor)

info@intlnepalichurch.com

९७२ ६७९ २८११

परिचय:

सहायक पास्टर प्रकाश पाठक पूर्वी नेपालमा जन्मीहुर्की गर्नु भएको हो र उहाँ एउटा हिन्दु पूरोहितको परिवारमा जन्मनुभएको हो। उहाँले ई.सं. १९८७मा येशु ख्रीष्टलाई परमेश्वरको छोरा, मुक्तिदाता एवं परमप्रभुका रूपमा ग्रहण गर्नु भयो र त्यस समयदेखिनै उहाँले धेरैवटा इसाइ सेवाहरुको माध्यमबाट प्रभु येशु ख्रीष्टको सेवा गर्दै आउनु भएको छ। बाइवलीय धर्मशास्त्रीय ज्ञान प्राप्तिको गहिरो अभिरुचीका कारण ई.सं. १९९४मा अमेरिकाको टेक्सास राज्यको डालस स्थित “क्राइष्ट फर द नेशन” बाइबल कलेजमा भर्ना हुनुभयो र व्यवहारिक धर्मशास्त्र (Practical Theology) मा अध्ययन पूरा गर्नुभयो। केही समय पछि अमेरिकाकै टेक्सास राज्यको वाक्सहाची (Waxahachie) स्थित “साउथवेस्टर्न एसेम्विलीज् अफ् गड युनिभर्सिटीमा” भर्ना भई पास्टरल सेवा (Pastoral Ministry) मा स्नातक तहको अध्ययन पूरा गर्नुभयो। हाल उहाँ धर्मशास्त्रमा स्नातकोत्तर (एम्.एस्.) को अध्ययन पूरा गर्ने क्रममा लागिरहनु भएको छ।

सूसमाचारको अवसर नपाएका नेपाली समूदायहरूको वीचमा पुगी उनीहरूलाई सूसमाचारको शिक्षा दिनु तथा वचन प्रचार गर्नु उहाँको मुख्य चाहाना हो। साथै उहाँ ती समूदायका विश्वासीहरूको परमेश्वरप्रतिको विश्वासमा वृद्धि र विकास गराउन चाहानुहुन्छ। उहाँले ई.सं. १९८७ देखि मीठुसँगको सुखद बैवाहिक जीवन बिताइरहनु भएको छ। उहाँहरू प्रभु येशुलाई गहिरो प्रेम गर्ने तीन जना छोराछोरीहरू जोन, रेवेका र जस पाएर आशिषित भएको ठान्नुहुन्छ।