इन्टरनेशनल नेपाली चर्च (आइ.एन.सी.) मा तपाईंलाई हार्दिक स्वागत

हाम्रो वेबसाइट हेर्नुभएकोमा हामीलाई अत्यन्त खुशी लागेको छ। वेबसाइटका विभिन्न भागको अध्ययन गरी यस चर्चको बारेमा थप जानकारी लिन सक्नुहुनेछ। हामी प्रभु येशुको प्रेममा हुर्किएको समूदाय हौं र समाजको सेवामा हाजिर हुन प्रतिबद्ध छौं। हामीलाई सम्पर्क गर्नु परेमा: इमेल: intlnepalichurch@gmail.com फोन:२१४-६९४-४०८९

परमेश्वरको आराधना

हामीहरूको जीवनमा सबैभन्दा महत्वपूर्ण विषय, परमेश्वरलाई आराधना गर्नु हो।

आपसी प्रेम

यस चर्चमा भएका विश्वासीहरूका बीचको प्रेम र आपसको संगती बढाउनु यस मण्डलीको लक्ष्य हो।

समाजसेवा

प्रभु येशुले आज्ञा गर्नुभएको छ : सारा संसारमा गई दु:ख कष्टमा परेका मानिसहरूलाई सेवा गरी उनीहरूको सर्वाङ्गीण विकासमा लागिरहनु सच्चा विश्वासीहरूको कर्तव्य हो।

divider

हाम्रा सेवाहरू

तपाईं जस्तोसुकै उमेर अर्थात् जस्तोसुकै जीवनको मोडमा पनि हाम्रा सेवाहरूमा सहभागी हुनसक्नुहुन्छ । वर्षभरिनै संचालन हुने हरेक आइतबारका संगतीहरूमा तपाईंलाई स्वागत गर्न चाहन्छौं।