जवानहरूको संगती

Sunday: 3:00 p.m., 5:00 p.m.

“जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरूका अगि, बोलीवचन, आचरण र प्रेममा विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।” (१ तिमोथी ४:१२)

आजका जवान बालबालिकाहरू भोलिका आशा हुन् यिनीहरूको रेखदेख तथा हेरविचार सबै बुवाआमाहरूका लागि चुनौतिको विषय हो। यही कुरालाई मनन गरी जवानहरूको संगती संचालनमा ल्याइएको हो, जो अहिले अत्यन्तै प्रभावकारी ढङ्गले, सफलतापूर्वक अगाडि बढिरहेको छ। यस जवान संगतीमा नेपाली तथा अंग्रेजी दुबै भाषाको प्रयोग गरी परमेश्वरको आराधना एवं प्रशंसा गरिन्छ । हाम्रो मुख्य उद्देश्य जवानहरूलाई आराधना, खेलकूद, क्याम्पिङ्ग, रिट्रिट तथा अन्य विभिन्न गतिविधिहरूमा संलग्न गराई उनीहरूको आत्मिकी निर्माण गर्नु हो।

जवानहरूका विचमा रहेको पूर्व र पश्चिमको सांस्कृतिक विभेदको द्वन्द्वका कारण, कसरी हाम्रो समाजमा उनीहरूको वृद्दि र विकास होला भन्ने कुरा हाम्रो सधैंको चासो एवं चिन्ताको विषय बन्ने गरेको छ। हामी हाम्रा जवान बालबालिकाहरूले हाम्रा सांस्कृतिक मूल्य र मान्यतालाई नविर्सियून भन्ने चाहन्छौं। त्यसकारण हामी यस चर्चमा यी हाम्रा भावना र मान्यतालाई जगेर्ना गर्न, हाम्रा जवानहरूलाई ख्रीष्टले दिएको शिक्षा द्वारा सु-सज्जित पार्न चाहन्छौं। यसरी उनीहरूलाई दैनिक समस्याको समाधान गर्न सक्ने सीपको विकास गराउँदै, उनीहरूलाई परमेश्वरको नजिक लैजाने कामको नेतृत्व चाहिं आइ.एन.सी.का अगुवाहरूको सुपरिवेक्षणमा, युवा पास्टरहरूले लिनु भएको छ।

जवान बालबालिकाहरूको संगतीबारे थप जानकारीका लागि youth@intlnepalichurch.com मा सम्पर्क राख्नुहोला। धन्यवाद !