आराधना संगती

Sunday: 3:00 p.m., 5:00 p.m.

हे परमप्रभुका पवित्र जन हो, उहाँको निम्ति भजन गाओ, र उहाँको पवित्र नाउँमा स्तुति गर। (भजन संग्रह ३०:४)

आराधनाको माध्यमबाट परमेश्वरलाई आत्मा अनि सत्यमा आराधना गर्दै सबैजनालाई परमेश्वरको महान् उपस्थितितर्फ डोहोर्‍याउने आइ.एन.सी.को मुख्य लक्ष्य हो। संयुक्त राज्य अमेरिकामा नै निकै ठूलो नेपाली समूदाय बसोबास गरिरहेको यस टेक्सास राज्यस्थित डालस क्षेत्रमा आफ्नै भाषामा आराधना गर्न पाउनुलाई हामीले ठूलो अवसरको रूपमा लिएका छौं। हाम्रा सबै आराधनाका गीतहरू नेपाली भाषामा नै गाइन्छन्। यसरी आफूलाई सहज लाग्ने भाषामा परमेश्वरको आराधना गर्न पाउँदा सबैजनालाई परमेश्वरसंग नजिक भएको महसूस हुन्छ।

हामीले गाउने धेरैजसो गीतहरू नेपाली इसाइ कलाकारहरूले भर्खरै प्रकाशित गरेको एल्वम तथा नेपाली भजन किताबबाट लिइएको हुन्छ। पर्दामा गीतका स्लाइडहरू पनि देखाइने हुनाले भजन किताबविना नै आराधनामा सहभागी जनाउन सकिन्छ।

आराधनाको संगतीबारे थप जानकारीका लागि worship@intlnepalichurch.com मा सम्पर्क राख्नुहोला। धन्यवाद!