आमा दिदीबहिनीहरूको संगती

Sunday: 3:00 p.m., 5:00 p.m.

“सौन्दर्य भ्रमात्मक हुन्छ र सुन्दरता उडिजाने हुन्छ तर परमेश्वरको भय मान्ने स्त्रीको प्रशंसा गरिनुपर्छ।” (हितोपदेश ३१:३०)

यस चर्चमा सबै महिला दिदीबहिनीहरूको आत्मिकी विकासमा सहयोग र उत्साह दिनका लागि दिदीबहिनीहरूको संगती खडा गरिएको हो। महिला दिदीबहिनीहरूले परमेश्वरले दिएको वरदानलाई चिनून, विकसित गरून् र अझ भनौं भने आफ्नो घर तथा मण्डली दुबैलाई असल बनाउनमा उपयोग गर्न सकून् भन्ने उद्देश्यले संगतीमा बाइबलको अध्ययनका साथै अन्य विभिन्न प्रकारका कार्यक्रमहरू गर्ने गरिन्छ।

सांस्कृतिक तवरले भन्ने हो भने, महिलाहरूले हाम्रो समाजमा मुख्य शक्तिको भूमिकामा रही पारिवारिक मूल्य र मान्यतालाई अंगाल्दै आएका छन्। हामी एउटा यस्तो विश्वसनीय तथा भरपर्दो सामाजिक वातावरणको निर्माण गर्न चाहन्छौं जसमा मानिसहरू एक अर्कामा चिनजान तथा घुलमिल भई प्रभु येशु ख्रीष्टको गुण व्यक्तिगतरूपले व्यहारमा उतार्न सक्दछन्। यसो गर्ने हो भने, हाम्रा पारिवारिक मूल्य एवं मान्यताहरू आउने सन्ततीका लागि समेत जगेर्ना गर्न सक्दछौं।

महिला दिदीबहिनीहरूको संगतीबारे थप जानकारीका लागि info@intlnepalichurch.com मा सम्पर्क राख्नुहोला। धन्यवाद !