दाजुभाइहरूको संगती

Sunday: 3:00 p.m., 5:00 p.m.

“फलामले फलामलाई उध्याएजस्तै एउटाले अर्को मानिसलाई उध्याउँछ।” (हितोपदेश २६:९६)

आइ.एन.सी. को दाजुभाइहरूको संगती खासगरी सबै दाजुभाइहरूलाई तयारीको अवस्थामा राख्न एवं शशक्तिकरण गर्न संचालन गरिएको हो । जसले गर्दा उनीहरूको जीवनका हरेक क्षेत्रमा परमेश्वरप्रतिको विश्वासले मार्गदर्शन प्रदान गरोस्, कारण परमेश्वरले हाम्रा दाजुभाइहरूलाई घरको मुख्य व्यक्ति, असल बाबु र असल लोग्नेको भूमिकामा राख्नु भएको छ। हामी यो विश्वास गर्छौं कि दाजुभाइहरूका लागि परमेश्वरको बोलावट भनेको उहाँ प्रतिको विश्वासको यात्रालाई आत्मसात गर्ने र जुनसुकै काम तथा मनोरन्जनात्मक क्रियाकलापहरू गर्दा पनि प्रभू येशु ख्रीष्टको अगुवाइको भरोशा गर्ने भन्ने हो ।

एउटा साँचो अर्थको साथीले सधैं सत्य बोल्छ र यस्तो साथी पाउन निकै मुस्किल पर्छ। त्यसकारणले एउटा त्यस्तो साथी पाउने कोशिश गर्नुहोस् र आफूपनि त्यस्तै बन्ने कोशिस गर्नुहोस्। हाम्रा दाजुभाइहरू यो धर्तीमा बाँच्नका लागि मात्र सिर्जनुभएको होइन, बरु परमेश्वरले दिएको भूमिकामा प्रभु येशु ख्रीष्टमा आत्मिकी जीवन बाँचिरहेका अरू दाजुभाइहरूका साथमा अझ परिपक्व हुँदै जानका लागि हो।

कुनै एक व्यक्तिको आत्मिकी मित्र उक्त व्यक्तिलाई परमेश्वरको बलियो सम्बन्धकालागि प्रोत्साहित गर्न र त्यसलाई विकसित गर्न जिम्मेवार हुन्छ। दाजुभाइहरूको संगतीले हाम्रा दाजुभाइहरूलाई येशु ख्रीष्टमा जीवन समर्पण गरी अगाडि बढ्न र जे सही हो त्यो मात्र अपनाउनु पर्छ भन्ने ज्ञान पाउन मौका प्रदान गर्दछ।

दाजुभाइहरूको संगती बारे थप जानकारीका लागि info@intlnepalichurch.com मा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं। धन्यवाद !