घरेलु संगती

Sunday: 3:00 p.m., 5:00 p.m.

“एक अर्काको भार उठाओ, यसरी ख्रीष्टको व्यवस्था पूरा गर।” (गलाती ६:२)

एकले अर्कालाई प्रोत्साहित गर्दै परमेश्वरको विश्वासमा परिपक्वता हासिल गर्न सकौं भन्ने हेतुले हरेक महिनाको दोस्रो शुक्रवार घरेलु संगतीको आयोजना गरिएको छ। यो पारिवारिक वातावरणमा सम्पन्न हुने भएकाले वाइवलमा आधारित सत्यलाई समयसापेक्ष ढंगबाट खोजी गर्न मद्दत पुग्दछ। यसरी एक अर्काको संगतीबाट सहभागीहरूले परमेश्वरसँगको गहिरो सम्बन्धको विकास गर्न सक्नेछन् भन्ने हाम्रो विश्वास रहेको छ।

जसको घरमा संगती गरिन्छ उसैकहाँ खानाको पनि व्यवस्था गर्ने चलन बसाइएको हुँदा, सहभागीहरूले बेलुकीको खानाको चिन्ता गर्नु पर्दैन । बाइबलको अध्ययनमा आवश्यकताअनुसार नेपाली तथा अंग्रेजी दुबै भाषाको प्रयोग गरिन्छ। घरेलु संगतीले आफूभन्दा भिन्न भाषा बोल्ने र भिन्न सोचाइभएका अरू व्यक्तिहरूका वीचमा भेटघाट तथा कुराकानीको अवसर समेत प्रदान गर्दछ। हाम्रा घरेलु संगतीहरू अर्भिङ्ग, प्लेनो, म्यान्सफिल्ड, सिडरहिल, ग्राण्डपेरी, फ्रिस्को, कोलोनी, डालस आदि ठाउँहरूमा हुने गर्दछन् । तपाईंलाई सहज हुने स्थानमा गई सहभागीता जनाउन सक्नुहुनेछ।

घरेलु संगतीबारेमा थप जानकारीका लागि homefellowship@intlnepalichurch.com मा सम्पर्क राख्नुहुन विनम्र अनुरोध गर्दछौं । धन्यवाद !