बालबालिकाहरूको संगती

Sunday: 3:00 p.m., 5:00 p.m.

हामी बालबालिकाहरूलाई परमेश्वरका उपहार हुन् भन्ने ठान्दछौं। भजनसंग्रह १२ को ७:३ मा भनिएको छ,“छोराछोरीहरू परमेश्वरका इनाम् हुन्।”

माथि उल्लेख भएजस्तै बालबालिकाहरू वयस्क अवस्थामा प्रवेश गर्नुपूर्व, वाल्यावस्थाको समय उनीहरूको जीवनमा असल छाप छोड्न सक्ने एउटा महत्वपूर्ण अवसर हो । बालबालिकाहरूलाई सुन्दर भविष्यतर्फ लगातार अगाडि बढाइरहनुपर्छ भन्ने सामाजिक चिन्तनलाई हामीले राम्ररी बुझेका छौं। बालबालिकाहरूले भविष्यमा गर्न सक्ने विभिन्न कामहरूमा आइपर्ने चुनौतीहरूको सामना गर्न सक्ने बनाउन उनीहरूको सीप, आत्मविश्वास एवं नेतृत्व क्षमताको विकास गर्नु जरूरी रहेको छ साथै परिवर्तित संसारको आवश्यकतालाई ध्यानमा राखी उनीहरूको भविष्यलाई सुरक्षित दिशातर्फ अगुवाइ गर्नु हामी सबैको जिम्मेवारी हो।

बालविकासको प्रारम्भिक चरणमा नै हामी उनीहरूको शारीरिक, मानसिक र आत्मिकी वातावरण निर्माण गर्नमा प्रयासरत रहँदै आएका छौं। जब बालबालिकाहरू हाम्रो यस आकर्षक एवं मनोरन्जनात्मक ढङ्गले सिकाइ हुने वातावरणमा प्रवेश गर्दछन्, तत्क्षणबाटै उनीहरूले परमेश्वरप्रति विश्वासको अनुभूति गर्न थाल्दछन्। बालबालिकाहरूको सेवामा संलग्न भइरहनु भएका शिक्षक र शिक्षिकाहरूसंग बर्षौको बाल मनोविज्ञानको अनुभव रहेको हुँदा, उनीहरूको सिकाउने तरिकाको सकारात्मक प्रभावका कारण, नानीहरूको जीवनमा परमेश्वर प्रतिको विश्वास, चरित्र एवं नेतृत्व क्षमताको विकासमा अमूल्य सहयोग पुर्‍याएको छ। बालबालिकाहरूको संगतीमा उनीहरूको रमाइलोका सुरूवात चित्रकला, खेलकूदहरू, सामूहिक छलफल तथा परमेश्वरलाई चिन्न सहयोग पुग्ने तरिकाको सिर्जनात्मक बाइबल अध्ययनबाट हुन्छ। संगतीमा उनीहरूलाई परमेश्वरको विश्वासमा अगाडि बढ्न, अनि घरपरिवार, समूदाय र अन्य क्षेत्रमा अरूहरूलाई सहयोग गर्नसक्ने बन्नका लागि प्रोत्साहन गरिन्छ।

बालबालिकाको संगतीमा निम्नानुसारका कुराहरू गरिन्छन्:-

  • सर्वप्रथम बालबालिकाहरूले खुशीयालीपूर्ण स्वागत अभिवादन पाउनेछन्।
  • उनीहरू धेरै रमाइला खेलौनाहरूसँग धेरै खेलहरू खेल्नेछन्। अनि धेरै सिर्जनात्मक कामहरूमा सहभागी हुनेछन्।
  • असल साथीहरू बनाउन सक्नेछन्।
  • मायालु शिक्षक शिक्षिका तथा मण्डलीका अगुवाहरूसँग चिनजान तथा कुराकानी गर्ने अवसर पाउनेछन्।
  • सिकाइ तथा सांगीतिक आनन्द लिन सक्नेछन्, जसमा संगीत, भिडियो र अन्य खेलहरू समावेश गरिएको हुन्छ।
बालबालिकाहरूको संगतीबारे थप जानकारीका लागि children@intlnepalichurch.com मा सम्पर्क राख्नुहोला। धन्यवाद !