हाम्रो बारेमा
इन्टरनेशनल नेपाली चर्च एक स्वतन्त्र असाम्प्रदायिक मण्डली हो, जुन ख्रीष्ट येशुको शिक्षामा आधारित भएर वाइवलमा लेखिएको परमेश्वरको वचनलाई सबैको बीचमा पुर्याउने गर्दछ। हामी विभिन्न पृष्ठभूमीमा जन्मीहुर्की आएको भए पनि, एकै ठाउँमा भेला भई सँगै मिली, प्रभु येशुको महिमा र आराधना गर्दछौं। स्नेह र मायाले भरिएको समाज निर्माणको यात्रामा हामी सधैं नै सबैको व्यक्तिगत विकास, उनीहरूको पारिवारिक मूल्य—मान्यता एवं एक आपसको मित्रताको विकासमा प्रोत्साहन गर्दछौं।
अगष्ट २, २००९ मा संस्थापक पास्टर क्रिस काफ्लेको नेतृत्वमा, केही परिवारहरूबाट शुरु भएको यो मण्डली, बढेर अहिले १२० को संख्यामा पुगेको छ। प्रभु येशुले सिकाउनु भएको शिक्षाका आधारभूत सिद्धान्त, प्रेम, क्षमा र आत्मीयतालाई आधार बनाई, सम्पूर्ण नेपाली भाषा बोल्ने समूदायको सेवामा हाजिर रहने यस मण्डलीको उद्देश्य रहेको छ । हामी क्यालबरी चर्चमा ५ बर्ष सेवा गरेर २०१५ सालको मे ११ देखि यस नयाँ भवनमा संगती गर्दै आएका छौं।
हामीलाई आशा छ, तपाईं यस मण्डलीमा आएर हामी सँगै संगती गरी तपाईं आफू र आफ्नो परिवारलाई समेत एउटा प्रेमिलो र हेरचाह गर्ने समूहमा संलग्न गराउनु हुनेछ।

हाम्रो दर्शन
सामाजिक, सांस्कृतिक एवं भाषागत समस्याका कारणले बाइबलीय सूसमाचारबाट वन्चित भएका व्यक्तिहरूका वीचमा पुगी काम गर्न हामी प्रतिवद्ध छौं।
सबैमा आत्मिकी शिक्षाको सेवा र उहाँहरूको व्यक्तितग जीवनको सुख-दु:ख एवं आवश्यकतामा सहयोग एवं सद्भाव बढाउँदै, प्रभु येशुको नाम कहिल्यै पनि नसुनेका व्यक्तिहरूका वीचमा उहाँलाई चिनाउने हाम्रो मुख्य लक्ष्य हो। साथै, यसका लागि हामी हाम्रा अरू सेवाहरूमा सहभागी प्रभुका जनहरूलाई परमेश्वरले दिएको वरदान र क्षमता चिन्न सक्ने हिसाबले शशक्तिकरण पनि गर्न चाहन्छौं।
परमेश्वरको आराधना
हामीहरूको जीवनमा सबैभन्दा महत्वपूर्ण विषय, परमेश्वरलाई आराधना गर्नु हो।
आपसी प्रेम
यस चर्चमा भएका विश्वासीहरूका बीचको प्रेम र आपसको संगती बढाउनु यस मण्डलीको लक्ष्य हो।
समाजसेवा
प्रभु येशुले आज्ञा गर्नुभएको छ : सारा संसारमा गई दु:ख कष्टमा परेका मानिसहरूलाई सेवा गरी उनीहरूको सर्वाङ्गीण विकासमा लागिरहनु सच्चा विश्वासीहरूको कर्तव्य हो।

हाम्रो लक्ष्य
सारांशमा भन्नुपर्दा, हाम्रो लक्ष्य परमेश्वरको आराधना, आपसी प्रेम, र सामाजिक सेवा हो।
“ हे गुरु, व्यवस्थामा कुन आज्ञा सबैभन्दा महान् हो? येशुले जवाफ दिनुभयो: तिमीहरूले प्रभु परमेश्वरलाई आफ्ना सम्पूर्ण प्राणले अनि आफ्ना सम्पूर्ण मनले प्रेम गर। यो पहिलो अनि सबैभन्दा महान् आज्ञा हो। अनि दोस्रो यस्तो छ: “तिमीहरूका छिमेकीलाई आफैंले झैं प्रेम गर। ” (मत्ती २२:३६—३९)